प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी रहेको सर्वोच्च अदालतमा एक पद रिक्त थियो । परिषद्ले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

" /> तिलप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा सिफारिस - Sarbocha Media

तिलप्रसाद श्रेष्ठ सर्वोच्चको न्यायाधीशमा सिफारिस

`

     २०७८ फाल्गुन २७ गते २:१५

काठमाडौँ, फाल्गुन २७ । न्यायपरिषद्ले तिलप्रसाद श्रेष्ठलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको नेतृत्वमा बसेको परिषद् बैठकले बिहीबार श्रेष्ठको नाम सिफारिस गरेको हो ।

अब संसदीय सुनुवाइबाट अनुमोदन भएपछि श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वोच्चको न्यायाधीश नियुक्त गर्नेछिन् ।

प्रधानन्यायाधीशसहित २१ न्यायाधीशको दरबन्दी रहेको सर्वोच्च अदालतमा एक पद रिक्त थियो । परिषद्ले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार लालबहादुर कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?