काठमाडौँ, २६ काठमाडौँ । पछिल्लो २४ घण्टामा १ सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १७ हजार ६६४ पुगेको छ । हाल नेपालमा ५ हजार ३४० जना सक्रिय संक्रमितहरुका रहेका छन् । देशभर ४ सय २९ जना निको भएर घर फर्किएका छन् ।
साथै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण कुनै पनि संक्रमितको मृत्यु भएको छैन ।




