निगमद्वारा १४ अर्ब ३० करोड आईओसीलाई भुक्तान

`

     २०७८ फाल्गुन २४ गते १२:०८

काठमाडौँ, २४ फाल्गुन । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन (आईओसी) लाई १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको छ । निगमले आईओसीलाई फागुन महिनामा तेल किने बापत उक्त रकम भुक्तानी पठाएको हो ।

निगमका प्रवक्ता बिनितमणी उपाध्यायले आज पहिलो किस्ता बापतको १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी पठाएको बताए । उनले फागुन महिनामा कुल २६ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गर्नुपर्नेमा बाँकी रकम २३ मार्चमा पठाइने जानकारी दिए ।

तेल किनेको रकम भुक्तानीका लागि सरकारले मूल्य स्थिरिकरण कोषबाट निगमलाई ४ अर्ब २५ करोड रुपैयाँ उपलब्ध गराएको थियो ।

कोषले दिने रकम निगम नाफामा हुँदा आयात हुने प्रतिलिटर पेट्रोलियम पदार्थबाट एक प्रतिशतका दरले संकलन गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?