राज्यका हरेक निकायको स्थापित हक नेपाली महिलाको बलिदान र कठिन सङ्घर्षको प्रतिफल हो: सभामुख

`

     २०७८ फाल्गुन २४ गते ५:५५

काठमाडौँ, फागुन २४ । महिला दिवसका अवसरमा शुभकामना संदेश दिँदै सभामुख अग्निप्रसाद सापकोटाले महिलालाई हेर्ने दृष्टिकोणमा अस्पष्टता कायमै रहेको बताएका छन् ।

‘हाम्रासामु लामो र अथक प्रयासबाट प्राप्त अधिकारहरूको व्यावहारिक कार्यान्वयनको चुनौती यथावत छ । उपलब्धिहरूको प्रतिफल उपयोगका लागि भइरहेको ढिलासुस्ती महिलालाई हेर्ने दृष्टिकोणमा कायम अस्पष्टताको परिणाम हो’ सभामुख सापकोटाले लेखेका छन् ।

राजनीतिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक उपलब्धिका लागि नेपाली महिलाले इतिहासदेखि वर्तमानसम्म खेलेको भूमिका प्रशंसनीय र सदा स्मरणीय रहेको उल्लेख गर्दै सभाउनले वर्तमानमा महिलाप्रति निर्माण गरिने सही दृष्टिकोणले समतामूलक र न्यायपूर्ण समाज निर्माणमा सहयोग पुग्ने विश्वास लिएको बताएका छन् ।

‘राज्यका हरेक निकायमा समानुपातिक, समावेशी र समतामूलक सहभागिताको हक नेपाली महिलाको बलिदान र कठिन संघर्षको प्रतिफल हो’ सभामुखले शुभकामना संदेशमा लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?