पेट्रोलियम व्यवसायी कमिसन जोगाउन पेट्रोल बिक्री ठप्प पारी देशव्यापी आन्दोलनमा उत्रिने

`

     २०७८ फाल्गुन २३ गते १:२६

काठमाडौं, फागुन २३ । आफूहरूले पेट्रोलियम पदार्थको बिक्री बापत प्रतिशतका आधारमा पाउँदै आएको कमिसन जोगाउन पेट्रोलियम व्यवसायी देशव्यापी आन्दोलनमा उत्रिने भएका छन् । घाटा न्यूनिकरण गर्ने लक्ष्यसहित निगमको बोर्ड बैठकले प्रतिशतका आधारमा पेट्रोल पम्पले पाउने कमिसन रोक्ने निर्णय गरेको थियो । पम्प व्यवसायीले उक्त निर्णयपछि नयाँ मूल्यसूचीअनुसार प्रतिशतका आधारमा बढ्ने १४ पैसा कमिसन रोकिने भएपछि आन्दोलनको घोषणा गरेका हुन् । निगमले फागुन ६ गतेको निर्णयअनुसार नै प्रतिलिटर पेट्रोल बिक्री बापत पम्प व्यवसायीलाई ५.७१ रुपैयाँ कमिसन मात्रै दिने निर्णय गरेको थियो ।

पम्प व्यवसायीहरू निगमको उक्त निर्णयसँगै रुष्ट बनेका छन् र आफूहरूले पाउने कमिसन तत्काल दिन सुरू गर्नुपर्ने माग राखेका छन् । सरकारलाई आफूले पाउने कमिसन दिन दबाब सृजना गर्न चैत ५ गतेदेखि १५ गतेसम्म चरणबद्ध आन्दोलन घोषणा समेत गरेका छन् । आफूहरूको माग सम्बोधन नभए देशव्यापीरूपमा पेट्रोल, डिजेल र एलपी ग्यासको बिक्री ठप्प पार्ने समेत उनीहरूले चेतावनी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?