काठमाडौं, फागुन २० । लोक सेवा आयोगको सहमति अनुसार आर्थिक वर्ष २०७८(७९ को लागि स्वीकृत दरबन्दीका आधारमा रिक्त रहेको स्थानमा नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा आवेदन मागेको छ।
फागुन २० गतेदेखि चैत १० गतेसम्म इच्छुक र योग्य नागरिकले अनलाइनमार्फत आवेदन दिनसक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ।
बैंकले सहायक प्रवन्धकदेखि कनिष्ठ सहायकसम्म केन्द्रीय कार्यालय र प्रदेशगत कार्यालयका लागि आवेदन मागेको हो।




