नेप्सेमा ६३.९८ अङ्कको गिरावट, साढे ३ अर्बको कारोबार

`

     २०७८ फाल्गुन १८ गते ९:३६

काठमाडौँ, फाल्गुन १८ । बुधबार सेयर बजारको परिसूचक नेप्से ६३.९८ अंकले घटेसँगै नेप्से २५४६ अंकमा कायम भएको छ । कुल ३ अर्ब ६२ करोडको कारोबार भयो ।

सबै उपसमूह घटेका छन् । बैंकिङ २७, ब्यापार ६४, होटल तथा पर्यटन ३७, विकास बैंक १५१, जलविद्युत १०९, फाइनान्स ८०, निर्जीवन बीमा ३२३, उत्पादन २२९, अन्य ५२, माइक्रोफाइनान्स १०६, जीवन बीमा ४५३ अंकले घटे ।

कुल १८८ कम्पनीको मूल्य घट्यो भने ३ को बढ्यो । रिलायन्स लाइफ इन्स्यारेन्सको मूल्य सबैभन्दा धेरै ४ प्रतिशतले बढेर प्रतिकित्ता ५७२ रुपैयाँ पुगेको छ । कारोबारका आधारमा नेपाल लाइफ इन्स्योरेन्स, टेलिकम, अरुणभ्याली हाइड्रोपावर, अपी पावर र शिवम् सिमेन्ट क्रमशस् अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?