काठमाडौं, फागुन १५ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार विहान १० बजे (एमसीसी) परियोजना अनुमोदन गर्ने विषयमा सत्ता गठबन्धनको बैठक बस्दैछ। निकट स्रोतका अनुसार ११ बुँदे परिमार्जनसहित एमसीसी अनुमोदन गर्न गठबन्धन दल सहमति नजिक पुगेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादीले उक्त सहमतिमा संस्थागत निर्णय लिन बैठक बोलाईसकेका छन् ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा एमसिसीमाथिको छलफल अघि बढाइने कार्यसूची छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेका सम्भावित कार्यसूचीमा एमसीसी पनि राखिएको छ । लगभग आज नै एमसीसी अनुमोदन गरिसक्ने प्रबल सम्भावना रहेको छ।




