सबै दलहरु MCC को नाटक नौटंकीमा नै व्यस्त

`

     २०७८ फाल्गुन १४ गते २:४४

काठमाडौं, फागुन १४ । लामो समयदेखि नेपालका राजनीतिक दलहरु एमसीसी कै विषयलाई लिएर वादविवाद,अन्तरद्वन्दमा रुमलिरहेका छन् । एमसीसी कै विषयलाई लिएर पटक पटकको सत्तापक्ष,प्रतिपक्ष बीचको वार्ता,संवाद निष्कर्शमा पुग्न सकिरहेको छैन । जसकारण आम जनमानसमा राजनीतिक दलहरु प्रति ठुलो वितृष्णा पैदा भएको छ ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने विषयमा सत्तारुढ गठबन्धनका दलहरुबीच नै ठुलो अन्तरद्वन्द छ । माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधनविना पारित गर्न नहुने पक्षमा अडिग छन् भने कांग्रेस जसरी पनि एमसीसी हुबहु पारित गर्नुपर्छ भन्ने पक्षमा छ ।

एमसीसी कै विषयलाई लिएर अहिले फेरि पनि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छलफल हुँदैछ। एमसीसी कै विषयलाई लिएर सत्तारुढ गठबन्धन टुट्ने सम्भावनासमेत बढेका बेला फेरि पनि तीन नेता छलफलमा जुटेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?