काठमाडौँ, फाल्गुण १२ । विश्वकपको ग्लोबल छनोटको तेस्रो स्थानका लागि नेपालले आज ९बिहीबार० आयोजक ओमानसँग खेल्दैछ ।
मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने ४ बजेदेखि सुरू हुनेछ ।
यसअघि समूह चरणको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो ।
नेपाल समूह ‘बी’ को विजेताको रुपमा र ओमान उपविजेताको रुपमा सेमिफाइनल प्रवेश गरेका थिए । तर, सेमिफाइलनमा नेपाल युएईसँग ६८ रन र ओमान आयरल्यान्डसँग ५६ रनले पराजित भएको थियो ।
सेमिफाइनलमा जित निकाल्दै फाइलन पुगेका युएई र आयरल्यान्ड विश्वकपका लागि छनोट भएका छन् ।




