आज नेपाल र क्यानडा भिड्दै, खेल नेपाली समय अनुसार दिउँसा ३:४५ मा सुरु हुने

`

     २०७८ फाल्गुन ०९ गते ६:४८

काठमाडौँ, ९ फाल्गुण । आइसिसी टी-२० विश्वकपअन्तर्गत नेपालले समूहको अन्तिम खेलमा आज क्यानडासँग खेल्दैछ।

यसअघि समूह चरणका सुरुवाती दुवै खेलमा जित निकालेको नेपालले आज दिउँस ३:४५ बजे अल अमेरतमा क्याडनासँग भिड्न लागेको हो।

नेपाल ४ अंकसहित अंक तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको क्यानडा र तेस्रो स्थानको ओमानको समान २-२ अंक छ।

४.३७ रन रेट रहेको नेपालका लागि सेमिफाइनलमा स्थान पक्का गर्न अब क्यानडाविरूद्ध जित हात पारे पर्याप्त हुनेछ।

कसैगरी हार बेहोरे पनि नेपाल अन्तिम चारमा पुग्न सक्छ। क्यानडासँग थोरै अन्तरको हारले नेपाललाई फरक पर्नेछैन।

समूह ‘ए’ लाई  समूह १ र समूह २ मा विभाजन गरिएको छ। समूह १ मा नेपाल, ओमान, फिलिपिन्स र क्यानडा छन्। समूह २ मा बहराइन, जर्मनी, आयरल्यानड र युएई रहेका छन्।

समूह १ र २ का शीर्ष २-२ टिम सेमिफाइनल पुग्नेछन्। फाइनल पुग्ने दुई टिमले यहि वर्षको अन्त्यमा अस्ट्रेलियामा हुने विश्वकपमा स्थान पक्का गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?