प्रधानन्यायाधीश राणाविरुद्ध संसद्मा महाभियोग दर्ता

`

     २०७८ फाल्गुन ०१ गते ५:४५

काठमाडौँ, फाल्गुन १ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्ता भएको छ ।

कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसद महाभियोग प्रस्ताव लिएर संसद् सचिवालय पुगेका थिए ।

आइतबार बिहान ९८ सासदको हस्ताक्षरसहित सांसदहरू सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न पगेको सचिवालयका वरिष्ठ अधिकारीले जानकारी दिए ।

महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?