अमेरिका र रसिया बिच केही दिनभित्रै भीषण युद्ध हुनसक्ने

`

     २०७८ माघ २९ गते २:५१

काठमाडौं, माघ २९ । रसियाले युक्रेनमाथि जुनसुकै समयमा पनि आक्रमण गर्न सक्ने भन्दै अमेरिकाले दूतावासका आपत्कालीन सेवामा काम गर्नेबाहेकका कर्मचारीहरूलाई युक्रेन छाड्न निर्देशन दिएको हो ।

अबको केही दिनमै रसियाले युक्रेनमाथि आक्रमण गर्ने योजना बनाएको अमेरिकाके दाबी रहेको छ । रसियाले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना बढेर गएको भन्दै बेलायत, जर्मनी, अस्ट्रेलिया लगायतका देशहरूले पनि आफ्ना नागरिकलाई जतिसक्दो छिटो युक्रेन छाड्न निर्देशन दिइसकेका छन् । रसियाले पनि युक्रेनमा रहेका आफ्ना केही कूटनीतिज्ञहरूलाई फिर्ता बोलाएको छ ।

रसियाले युक्रेनमाथि आक्रमण गरे अमेरिका र यसका सहयोगी राष्ट्रहरूले रसियामाथि कडा आर्थिक प्रतिबन्ध लगाउने तयारी गरिरहेका छन्।

हालसम्म गरिएका बिभिन्न कूटनीतिक प्रयासहरू असफल भइरहेका वेला बेलायत र अमेरिकाले रसियाले युक्रेनमाथि आक्रमण गर्ने तयारी गरेको दाबी गर्दै आएका छन्। कुनै चमत्कार नभए अबको केहि दिनभित्रै रसियाले युक्रेनमाथि भीषण आक्रमण गर्नेछ ।

युक्रेनको सीमामा रसियाले राजधानी किभमा आक्रमण गर्ने गरी एक लाखभन्दा बढी सेना तैनाथ गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?