नेप्सेमा दोहोरो अङ्कको गिरावट, कारोबार रकम पनि ओरालो

`

     २०७८ माघ २६ गते ९:३३

काठमाडौँ, २६ माघ । नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक २२.११ अंकले घटेर २८१३.४७ अंकमा झरेको छ । उता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.५१ अंकले घटेको छ ।

दिनभर भएक ४५ हजार ११२ कारोबारबाट २२३ कम्पनीका ६५ लाख २० हजार ६२८ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार करोबार रकम ३ अर्ब ४७ करोड ११ लाख ९ हजार १८२ रुपैयाँमा रोकिएको छ ।

बुधबार सबै उपसमूह घटेका छन् । बैंकिङ १२, ब्यापार ३६, होटल तथा पर्यटन २, विकास बैंक ४६, जलविद्युत ३२, फाइनान्स २४, निर्जीवन बीमा १९८, उत्पादन १५, अन्य ३, जीवन बीमा १५४, लगानी १ र माइक्रोफाइनान्स ५० उपसमूह अंकले घटे ।

लिबर्टी इनर्जीको मूल्य सबैभन्दा धेरै ३ प्रतिशतले बढ्यो भने बुद्धभूमि हाइड्रोको मूल्य सबैभन्दा धेरै ६.६ प्रतिशतले घट्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?