काठमाडौं, माघ २५ । स्थानीय तहको निर्वाचन आउँदो वैशाख ३० गते गर्ने घोषणा भए सँगै नेपाल प्रहरी प्रधान कार्यालयले सुरक्षा रणनीतिको लागि आवश्यक गृहकार्य सुरु गरेको छ ।
प्रहरी प्रधान कार्यालयले स्थानीय तह निर्वाचनका लागि एक लाख म्यादी प्रहरी आवश्यक पर्ने जनाएको छ । प्रहरी प्रधान कार्यालयको कार्य विभागका डीआईजी रवीन्द्र धानुकको नेतृत्वमा निर्वाचनकेन्द्रित सुरक्षा समिति गठन गरिएको छ । समितिले आवश्यक कामहरू सुरु गरेको डीआईजी धानुकले जानकारी दिए ।
एकैचरणमा निर्वाचन सम्पन्न गर्ने तयारी गरेको सरकारले अबको केही हप्ता भित्रै एक लाख म्यादी प्रहरी भर्ना गरिसक्ने अनुमान गरिएको छ । ०७४ सालको निर्वाचनमा भने ७५ हजार मात्र म्यादी प्रहरीको भर्ना लिइएको थियो ।




