नेप्सेमा ४०.५७ अङ्कको गिरावट

`

     २०७८ माघ २३ गते ९:३९

काठमाडौँ, २३ माघ । साताको पहिलो दिन आइतबार सेयर बजारमा गिरावट आएको छ । परिसूचक नेप्से ४०.५७ अंकले घटेर २८३६ मा कायम भएको छ ।

यस दिन सबै उपसमूहमा ओर्लिए। बैंकिङ १९, विकास बैंक ९९, फाइनान्स ६०, होटल तथा पर्यटन १८, जलविद्युत् ३९, जीवन बीमा ५८०, उत्पादन ५९, लघुवित्त ८२, निर्जीवन बीमा १३१, अन्य ३८ र व्यापार उपसमूह ५० अंकले घटे ।

आज कुल ५ अर्ब ८३ करोड रुपैयाँको धितोपत्रका कारोबार कारोबार भएको छ ।

कुल १३ कम्पनीको मात्रै मूल्य बढ्यो भने १७५ को घट्यो । तीन कम्पनीको स्थिर रह्यो ।

नेपाल हाइड्रो डेभलपर्सको मूल्य सबैभन्दा धेरै ८ प्रतिशतले बढ्यो । एनआरएन इन्फ्रास्ट्रक्चर र शिखर इन्स्योरेन्सको मूल्य ३ प्रतिशत धेरैले बढ्यो । गत बिहीबारसम्म १० प्रतिशतले बढ्दै गएको विन नेपाल लघुवित्तको मूल्य आज १० प्रतिशतले नै घट्यो ।

त्यस्तै नेपाल लाइफ इन्स्योरेन्सको मूल्य ७.६ प्रतिशतले घट्यो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?