काठमाण्डौ, माघ १६ । आइतबार सेयर बजारमा तेहेरो अंकको उछाल आएको छ। बजार आज १०५.५५ अंकले उकालो लागेको हो। योसँगै २८८५.५३ को विन्दुमा उक्लिएको छ। राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि १९.८१ अंकले बढेर ५३८.५३ को विन्दुमा पुगेको छ। कारोबार रकम सवा ६ अर्ब रुपैयाँ बढीको भएको छ।
लामो समयदेखि अन्यौलमा रहेको स्थानीय तहको निर्वाचन सरकारले जेठ मसान्तभित्र गर्ने निर्णृय गरेसँगै सेयर बजारमा यसको सकारात्मक प्रभाव परेको विश्लेषकहरु बताउँछन् । राजनीतिक अस्थिरताको चिन्ता हट्ने, निर्वाचनकै नाममा भए पनि सरकारी ढुकुटीमा खर्च हुन नसकेर थुप्रिएको बजेट बजारमा आउने वा अनौपचारिक च्यानलमा रहेको पैसा पनि प्रणालीमा आइपुग्ने र त्यसले तरलता सहज भई ब्याजदरसमेत घट्ने भएकाले लगानीकर्ताको मनोबल बलियो बनेको उनीहरुको बुझाइ छ।
आज सबै समूहमा हरियाली छाएको छ।
यो दिन विकास बैंक समूह सर्वाधिक ६.६५ प्रतिशतले उकालो लागेको छ। लगानी समूह ६.३६ प्रतिशतले बढेको आज बैंकिङ समूहमा २.६० प्रतिशत, वित्त समूहमा ६।३४ प्रतिशत, होटेल तथा पर्यटन समूहमा ४.५८ प्रतिशत, जलविद्युत समूहमा ५.६३ प्रतिशत, जीवन बीमा समूहमा ३.४० प्रतिशत, उत्पादन तथा प्रशोधन समूहमा २.७२ प्रतिशत, लघुवित्त समूहमा ३.२५ प्रतिशत, म्युचुअल फन्ड समूहमा १.७५ प्रतिशत, निर्जीवन बीमा समूहमा ३.३६ प्रतिशत, अन्य समूहमा ३.८७ प्रतिशत र व्यापार समूहमा ४.९८ प्रतिशतको बढोत्तरी आएको छ।
आज धेरै कारोबार गर्ने कम्पनीहरु
यो दिन नेप्सेमा सूचीकृतमध्ये २३१ कम्पनीका १ करोड २१ लाख ५५ हजार ४३२ कित्ता सेयर ६ अर्ब ३२ करोड ४२ लाख ७४ हजार ३९ रुपैयाँमा किनबेच भएका छन्।
आज अपी पावरको सर्वाधिक २६ करोड १५ लाख रुपैयाँ बढीको कारोबार भएको छ। नेपाल टेलिकमको २३ करोड ६२ लाख रुपैयाँबराबरको कारोबार भएको यो दिन एचआईडीसीएलको २३ करोड ३ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावरको २१ करोड ९६ लाख रुपैयाँ, अप्पर तामाकोशीको १४ करोड ११ लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्सको संस्थापक सेयरको १३ करोड १ लाख रुपैयाँ, शिवम सिमेन्टको १२ करोड ४४ लाख रुपैयाँ, निफ्राको १२ करोड २८ लाख रुपैयाँ, नेसनल हाइड्रोपावरको १२ करोड २८ लाख रुपैयाँ र नेसनल लाइफ इन्स्योरेन्सको ११ करोड ७२ लाख रुपैयाँ बढीको कारोबार भएको छ।
हाल बैङ्क तथा वित्तीय संस्थाहरूमा तरलता पनि बढ्दै गइरहेको कारण माघ महिना भित्रै नेप्सेले अल्टाइम हाई ब्रेक गरी ३६ सय को बिन्दु समेत पार गर्न सक्ने धेरै सेयर विश्लेषकहरूको दाबी रही आएको छ ।
पछिल्लो समय सरकारी खर्चहरू भइरहेको, पुन कर्जाको रकम निक्षेपमा गणना गर्न सुविधा पाएको एवम् बैङ्कहरूले पनि नियन्त्रित रूपमा कर्जा वितरण गरेकाले सबै अवस्था कम्फरटेबल पोजिसनमा देखिएको छ।
बैङ्कहरूले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ५८ प्रतिशत भन्दा बढीले कर्जा वृद्धि गरिसकेकाले आगामी दिनमा निक्षेप बढेको अनुपातमा मात्रै कर्जा विस्तार गरे पनि बाँकी वार्षिक लक्ष्य भेट्न सकिने छ ।
हाल सेयर बजार प्रति अर्थ मन्त्रालय सकारात्मक हुनु, नयाँ लगानी कर्ताहरूको उल्लेख्य वृद्धि, ठुला लगानीकर्ताहरूको प्रवेश, लाभांश सिजन, बैङ्क तथा वित्तीय संस्थाहरूको नाफामा उल्लेख्य वृद्धि, लगानीकर्ताहरूको उच्च मनोबल लगायतका कारण नेप्सेले इतिहास रच्ने अत्यन्तै ठुलो सम्भावना रहेको जानकारहरू बताउँछन् ।
नेप्सेले केही हप्ता भित्रै ३६०० को बिन्दु चुम्ने आधारहरु
१. स्थानीय तहको निर्वाचन सरकारले जेठ मसान्तभित्र गर्ने निर्णृय गरेकोले
२. ५० लाख भन्दा बढी लगानीकर्ता प्रत्यक्ष रुपमा सेयरबजार प्रवेश गरिसकेको अवस्था।
३. प्रबिधिको विकास, टिएम यस यूजरको संख्यामा वृद्धि र अनलाइन कारोबारमा आएको सहजताले बजारलाई सपोर्ट गरिरहेको छ ।
४. माघमा पनि बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपको ब्याज दर नबढ्ने भएकोले ।
५. लाइफ र ननलाइफले क्यास डिभिडेण्ड दिन नपाउने र बोनसमा जोड दिनुपर्ने नियामक निकायको सर्कूलर आएको कारण ।
६. बैंकहरूले माइक्रोफाइनान्सको शेयर पौष मसान्तसम्म बिक्रि गरिसकेकाले अब माइक्रोमा सप्लाई घट्नेछ ।
७. पोष मसान्तपछि सरकारी खर्च बढ्दैजाने बिगतको अभ्यासका कारण वित्तीय क्षेत्रमा तरलता सहज भई बजार बढ्ने देखिन्छ ।
८. नेतृत्व विहिन धितोपत्र बोर्ड र नेप्सेले चाडै नै नेतृत्व प्राप्त गर्दैछ ।
९. नेपाल रास्ट्र बैंकले सरकारी खाताको ८० प्रतिशत रकमलाई निक्षेपका रूपमा गणना गर्न दिने ब्यवस्था र ९२ अर्बको पुनर्कर्जाका करण पनि बैंकहरूमा तरलता थप सहज भएको छ ।
१०. बैंकहरूमा डलर खाता खोल्न एनारएनलाई प्रोत्साहन गर्ने अर्थमन्त्रालयको प्रयासले अब बैंकहरूमा तरलता थपिने अनुमान गर्न सकिन्छ ।
११. रास्ट्र बंकले आयात निरुत्साहित गर्ने पोलिसी लिएको छ, यसले पनि तरलता सहज बनाउनेछ ।
१२. बैंकहरूले विदेशबाट बचत ल्याइरहेको र ल्याउने प्रक्रिया अघि बढाइरहेकाले बैंकहरूमा तरलता वृद्धि गर्ने देखिन्छ ।
१३. चुबाव नजिकिँदै गरेको हुनाले मतदाताहरूको सेन्टिमेन्ट जित्न एकातिर राजनैतिक दलहरू बजारप्रती सकारात्मक देखिन थालेका छन् भने अर्कोतिर चुनाबमा हुने खर्चले बजारमा थप तरलता बढ्ने देखिन्छ ।
१४. बजारमा ट्रेडर र ठूला लगानीकर्ताहरू प्रवेश गरेका कारण बजार माथी जाने देखिन्छ।
१५. कोभिड १९ ९ओमिक्रोन भेरिएन्ट० को प्रभाव बढ्दै गइरहेको अवस्थामा पूर्ण लकडाउन नभए पनि ब्यापारमा जाने पैसा पुनः सेयर बजारमा आउनसक्ने सम्भावना देखिएकाले बजार थप बढ्नसक्ने देखिन्छ ।
१६. पछिल्लो सयम बैंकहरूमा तरलता सहज हुँदै गएको छ भने केही बैंकहरूले कर्जा लगानी सुरु गरेका छन् ।
१७. दिर्घकालिन लागानिकर्ताहरुको संख्या र ठुलो लागानि तिव्र गतिमा बढ्दै जानु ।




