गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला लगानीको स्रोत पहिचान गरेर सङ्घीय सरकारले पूरा गर्ने

`

     २०७८ माघ १३ गते १२:४०

काठमाडौँ, १३ माघ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई संघीय सरकारले बनाउने बताएका छन् ।

विहीबार चितवनमा रंगशालाका विषयमा भरतपुर महानगरपालिकाले गरेको छलफल कार्यक्रममा उनले लगानीको स्रोत पहिचान गरेर निर्माणका बाँकी काम पूरा गर्ने प्रतिबद्धता जनाए ।

कार्यक्रममा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले महानगरपालिकाले थुप्रै सहयोग गर्दागर्दै पनि धुर्मुस सुन्तली फाउन्डेसनले रंगशाला निर्माण गर्न नसक्ने भनेकाले दायित्व लिन महानगर रहेको बताइन् ।

१७ करोड ऋण लागेको भन्दै फाउन्डेसनले गत ४ महिनायता रंगशाला निर्माणका कुनै पनि काम अघि बढाएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?