काठमाण्डौँ, १० माघ । नेपाल धितोपत्र बोर्डले एकैपटक ६ वटा कम्पनीलाई आईपीओ निष्कासनको अनुमति दिएको छ।
धितोपत्र बोर्डले हिजो माघ ९ गते बलेफी हाइड्रोपावर, ग्रिन भेन्चर, नेष्डो समृद्ध लघुवित्त, जाल्पा सामुदायिक लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र इमर्जिङ नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो।
आईपीओ निष्कासन गर्ने कम्पनिहरु र किता विबरण:-
बलेफी हाइड्रोपावर : ३६ लाख ५५ हजार ९४० कित्ता (बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड)
ग्रिन भेन्चरले :-६२ लाख ५० हजार कित्ता (निष्कानकर्तामा लक्ष्मी क्यापिटल मार्केट्स)
नेष्डो समृद्ध लघुवित्त :-८ लाख २८ हजार ७५० (बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल)
जाल्पा सामुदायिक लघुवित्त :-५ लाख २२ हजार कित्ता (प्रभु क्यापिटल)
राष्ट्र उत्थान लघुवित्त :-८ लाख ५० हजार कित्ता (एनआईबीएल एस क्यापिटल)
इमर्जिङ नेपाल :=५ लाख ५५ हजार ६०० कित्ता (एनआईसी एसिया क्यापिटल)




