काठमाडौँ, ४ माघ । मंगलबार सेयर बजारको परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।
१०.७८ अंकले घटेर नेप्से आजको कारोबारपछि २९३६ अंकमा कायम भएको छ ।
यस दिन ४५ कम्पनीको सेयर मूल्य बढ्यो भने १४१ को घटेको छ । ३ कम्पनीको मूल्य भने स्थिर रह्यो । कारोबार रकम भने हिजोको तुलनामा बढेको छ । आज ८ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ २२, होटल तथा पर्यटन ४२ र अन्य उपसमूह २९ अंकले बढे । विकास बैंक १३०, फाइनान्स ६९, जलविद्युत ३६, लगानी २, जीवन बीमा १९८, उत्पादन १८६, लघुवित्त ८९, निर्जीवन बीमा १७८ र व्यापार उपसमूह ८५ अंकले घटे ।
सामलिङ पावरको मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशतले बढ्यो । मध्यभोटेकोसी जलविद्युतको मूल् ८.१ प्रतिशतले बढेर प्रतिकित्ता ४९६ रुपैयाँ पुगेको छ । मानुसी लघुवित्तको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा अपी पावर, अरुणभ्याली हाइड्रोपावर, नेपाल टेलिकम, आईएमई जनरल इन्स्योरेन्स र हिमालयन डिस्टिलरी क्रमशस् अगाडि रहे ।




