तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा रोल्पामा ३०१ जनाको निःशुल्क आँखा अप्रेसन

`

     २०७८ माघ ०३ गते ८:३१

काठमाडौँ, ३ माघ । तिलगंगा आँखा प्रतिष्ठानको सहयोगमा रोल्पास्थित सामुदायिक आँखा केन्द्रद्वारा आयोजित निःशुल्क आँखा शिविरमा ३ सय १ जनाको मोतीबिन्दु निःशुल्क अप्रेसन भएको छ ।

सदरमुकाम लिबाङ लगायत विभिन्न १६ स्थानमा शिविर आयोजना गरी मोतीबिन्दुका बिरामीको छनोट गरिएको थियो । ३ हजार जनाको जाँचपछि अप्रेसन गर्नुपर्ने ३ सय १ जनाको छनोट गरी आँखाका बिरामीको लिबाङमा ३ दिनसम्म अप्रेसन शिविर आयोजना गरिएको थियो ।

सामुदायिक आँखा केन्द्रका अनुसार बिरामीलाई लिबाङस्थित आँखा केन्द्रको कार्यालयमा बोलाएर अप्रेसन गरिएको केन्द्रका इन्चार्ज धर्मेन्द्र यादवले बताए । तिलगंगाले रोल्पामा हरेक वर्ष निःशुल्क आँखा शिविर आयोजना गर्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?