काठमाडौँ, २९ पौष । केही महिनायता सेयर बजार अपेक्षित रुपमा बढ्न नसके पनि लगानीकर्ताको आकर्षण भने घटेको छैन ।
औसतमा मसिक १ लाख नयाँ लगानीकर्ता बजार प्रवेश गर्नुले उक्त कुरा पुष्टि हुन्छ । गत कात्तिक तेस्रो साता यता मात्र थप २ लाख लगानीकर्ताले डिम्याट खाता खोलेका छन् । यो सँगै आजसम्म सेयर बजारमा डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या ४८ लाख ५ हजार ८ सय २० पुगेको छ ।
आर्थिक वर्ष २०७७र७८ मा मात्र सेयर बजारमा २० लाख १३ हजार लगानीकर्ता थपिएका थिए । २०७७ असारमा डिम्याट खाता संख्या १७ लाख २३ हजार ६ सय मात्र थियो ।
बिहीबारसम्म ७ अर्ब ९४ करोड ७९ लाख ६५ हजार २ सय ७६ कित्ता सेयर डिम्याट भएको सीडीएस एण्ड क्लियरिङ ९सीडीएससी० को तथ्यांक छ । पछिल्ला महिनाहरुमा सेयर कारोबारमा उतारचढाब चलिरहेपनि प्राथमिक सेयर निष्काशन९आईपीओ०मा लगानी गर्न चाहनेको संख्या बढिरहेको डिम्याट खाता संख्या बढ्नुले पुष्टि हुन्छ ।




