प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीसहित कानुन व्यवसायीहरूको प्रदर्शन

`

     २०७८ पौष २८ गते ८:३९

काठमाडौँ, २८ पौष । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएसनका पदाधिकारीसहित कानून व्यवसायीहरुले आज पनि विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनीमा बोल्दै अधिवक्ता कीर्तिनाथ शर्मा पौडेलले कानून व्यवसायीहरुको आन्दोलन न्यायालयमा गति प्रदान गर्न र न्याय स्वच्छ हुनका लागि भइरहेको बताए । उनले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिए ।

त्यस्तै अधिवक्ता रामचन्द्र सिंखडाले आन्दोलनले देशभरका अदालतमा गोलाप्रथाको शुरुवात गर्न सहयोग गरेको बताए । उनले न्यायपालिका भित्रको विकृति, विसंगति र त्यो भित्र रहेका भ्रष्टतन्त्रलाई उन्मुलन गर्नको लागि, निरुत्साहित पार्नको लागि आन्दोलन भइरहेको पनि स्पष्ट पारे ।

अधिवक्ता सिंखडाले न्यायालयभित्र रहेका न्यायाधीशहरुको सम्पत्तिको छानबिन गर्नुपर्ने माग उठिरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?