आर्थिक वर्षको ६ महिना बितिसक्यो, बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ: अर्थमन्त्री

`

     २०७८ पौष २७ गते १०:५४

काठमाडौँ, २७ पौष । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८/०७९ को ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गर्न आग्रह गरेका छन् ।

उनले हालसम्म बजेट खर्चको समिक्षा बैठकमा सचिवहरूसँग भने, ‘ आवश्यक परे मध्यरातमा पनि सहयोग गर्न तयार छु । आर्थिक वर्षको ६ महिना बितिसक्यो । बाँकी ६ महिनामा शतप्रतिशत बजेट खर्च गर्नुपर्छ ।’

मन्त्री शर्माले बजेट खर्च गर्ने अन्य उपायहरू खोज्नुपर्ने बताउँदै जसरी पनि खर्च बढाउन आग्रह गरेका हुन् ।

त्यस्तै उनले विद्यमान प्रणालीमा सुधार गर्नुपर्ने आवश्यकता पनि औँल्याए । उनले फाइल हरेक मन्त्रालयमा बोकेर हिँड्दा ढिला हुने भन्दै अब डिजिटल माध्यममा लैजानुपर्ने बताए ।

पछिल्लो समय पुँजीगत खर्च बढाउन अर्थ मन्त्रालयले अन्य मन्त्रालयलाई ताकेता गर्दै आएको छ । समग्रमा हालसम्म २९.११ प्रतिशत बजेट खर्च भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?