सरकारले काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने

`

     २०७८ पौष २७ गते ३:०३

काठमाडौँ,पौष २७ । सरकारले कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार संयुक्त बैठक तय गरिएको छ ।

कोरोना सङ्क्रमण बढेसँगै यसको नियन्त्रणका लागि तीनवटै जिल्लाको कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्र (डीसीसीएसी)ले सम्बद्ध स्वास्थ्य अधिकारी तथा सरोकारवाला निकायसँग छुट्टाछुट्टै छलफल गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने अत्यावश्यकबाहेकका सबै सेवाहरू ‘आलोपालो’ प्रदान गर्ने विषयमा छलफल भइरहेको गोरखापत्रमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?