काठमाडौँ, २६ पौष । श्यामनारायण श्रेष्ठ बागमती प्रदेशको मुख्य न्यायाधिवक्तामा नियुक्त भएका छन् ।
मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
धादिङ्ग जिल्ला ज्वालामुखी गाउँपालिका वडा नम्बर–२ हटिया निवासी श्रेष्ठलाई नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मुख्यमन्त्री पाण्डेले मुख्य न्यायाधिवक्तामा सिफारिसमा गरेका हुन् भने प्रदेश प्रमुख शर्माले सो पदमा नियुक्त गरेका हुन् ।
नवनियुक्त मुख्य न्यायाधिवक्ता श्रेष्ठले आज नै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।




