काठमाडौँ, २५ पौष । रुस्लान थ्री स्टार क्लबले ए डिभिजन लिगमा आइतबार हिमालयन शेर्पा माथि जित निकालेको छ ।
थ्री स्टारले आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा हिमालयन शेर्पा क्लबलाई २:० गोल अन्तरले पराजित गरेको हो ।
थ्री स्टारको जितमा अन्सुमाना क्रोमाह गरेका थिए भने एक गोल हिमालयन शेर्पाका डिफेन्डर अमृत श्रेष्ठले आत्मघाती गोल गरेका थिए । जारी ए डिभिजन लिगमा थ्री स्टारको यो तेस्रो जित हो ।
यो हारसँगै शेर्पाको तीन खेल सम्मको अपराजित यात्रा रोकिएको छ ।
यो जितसँगै थ्री स्टार ८ खेलबाट १३ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ भने शेर्पा ८ खेलपछि ११ अंक जोडेर छैटौं स्थानमा झरेको छ ।




