साताको अन्तिम दिन नेप्से ४३.२९ अङ्कले उकालो, कारोबार रकम भने ओरालो

`

     २०७८ पौष २२ गते ९:३९

काठमाडौँ, २२ पौष । नेप्से बिहीबार ४३.२९ अंकले बढेसँगै परिसूचक २६९२ अंकमा पुगेको हो ।

नेप्से बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ । बुधबार ४ अर्ब ६२ करोडको सेयर किनबेच भएकोमा आज ३ अर्ब ६७ करोडमा खुम्चिएको छ ।

बैंकिङ ३५, होटल तथा पर्यटन १०७, विकास बैंक ८८, जलविद्युत ७२, फाइनान्स २७, निर्जीवन बीमा २४३, अन्य २०, माइक्रोफाइनान्स ५३, जीवन बीमा ११४ र लगानी उपमसमूह १ अंकले बढेका छन् । उत्पादन ५ र ब्यापार समूह १९ अंकले घटेका छन् ।

३ कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ । नेपाल फाइनान्स, तेह्रथुम पावर र मध्यभोटेकोसीको मूल्य १० प्रतिशतले बढेर क्रमशस् प्रतिकित्ता मूल्य ५७५.३०, ४९३.९० र २३५.६० पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?