ललिता निवास जग्गा प्रकरणमा ३ सयभन्दा बढीलाई पक्राउ गर्न सीआइबीलाई अनुमति

`

     २०७८ पौष २१ गते १०:३४

काठमाडौँ, २१ पौष । ललिता निवास जग्गा अनियमितता प्रकरणमा मुछिएका ३ सय जनाभन्दा बढीलाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)लाई अनुमति दिएको छ ।

बालुवाटार जग्गा अनियमितता प्रकरणको अनुसन्धान गरिरहेको सीआइबीले जिल्ला अदालतसमक्ष उनीहरुका नाममा पक्राउ अनुमति माग गरेको थियो ।

जग्गा अनियमिततामा संलग्न रहेको आरोपमा करिब ४ सय जनामाथि केन्द्रित रहेर अनुसन्धान गरिएको र ३ सयभन्दा बढीलाई पक्राउ गर्न अनुमति लिइएको उनले बताए ।

एकैपटक ठुलो संख्यामा पक्राउ गरेर अनुसन्धान गर्न सहज नहुने भन्दै उनले संलग्नता र कसुरको मात्रा हेरेर क्रमशः पक्राउ गर्दै बयान लगायतका आवश्यक अनुसन्धान प्रक्रिया पूरा गर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?