नेप्सेमा ३०.७५अङ्कको गिरावट, कारोबार रकम भने बढ्यो

`

     २०७८ पौष २१ गते १०:०३

काठमाडौँ, २१ पौष । नेप्सेमा आज ३०.७५अंकले गिरावट आएको छ ।

आज गिरावट आए पछी नेप्से २६४९.२० विन्दुमा झरेको छ । त्यस्तै ठूला कम्पनीको शेयर मूल्य मापक गर्ने सेन्सेटिभ इण्डेक्स पनि ६.६८ अंक, फ्लोट इण्डेक्स २.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.७५ अंकले गिरावट आएको छ ।

बुधबार २३६ कम्पनीको ९५ लाख ५९ हजार ४२९ कित्ता शेयर ४ अर्ब ६२ करोड १५ लाख ९८ हजार ५८३ रुपैयाँको शेयर कारोबार भएको छ ।

नेप्सेका १३ उपसमूहमध्ये जलविद्युत र फाइनान्स बाहेक अन्य सबै उपसमूह राताम्मे भएको छ । जसमध्ये जलविद्युत उपसमूह ०.४९ प्रतिशत र फाइनान्स उपसमूह ०.१ प्रतिशतले बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक २.२१ प्रतिशतले गिरावट आएको छ । उत्पादन तथा प्रशोधन उपसमूह १.७४ प्रतिशत, विकास बैंक उपसमूहको परिसूचक १.७१ प्रतिशतले गिरावट आएको छ। त्यस्तै, बैंकिङ्ग, वित्त, लगानी उपसमूह र अन्य उपसमूहको परिसूचक करिव १ प्रतिशतले गिरावट आएको छ ।

नेप्सेमा गिरावट आए पनि आज मध्य भोटेकोशी जलविद्युत कम्पनीको शेयर मूल्य ९.९६ प्रतिशतले बढेर प्रतिकित्ता २१४.२० रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?