नेपाली साँचिक्कै अप्ठ्यारोमा परेको अवस्थामा सिधै मलाई भेट्न आउनु: यूएईका राजकुमार

`

     २०७८ पौष १९ गते १२:४६

काठमाडौँ, १९ पौष । संयुक्त राज्य इमिरेट्स (यूएई)का राजकुमार मोहम्मद विन जायद अल नाहयानले अप्ठ्यारोमा परेका नेपाली कामदार फूकहाँ आउन निर्देश गरेको छ।

‘यूएईको विकास र समृद्धिमा नेपालीको ठूलो योगदान छ । नेपालीले पुर्‍याएको योगदानको कदर गर्दछु,’ यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालसमक्ष आफ्नो निजी मजलिसमा भएको भेटमा भने, ‘नेपाली साँचिक्कै अप्ठ्यारोमा परेको अवस्थामा सिधै मलाई भेट्न आउनू । नेपालीलाई परेको अप्ठ्यारोलाई समाधान गर्न म हरपल तयार रहनेछु ।’

सन् २०१४ मा यूएईका अध्यक्ष खालिफ अल नाहयान स्वास्थ्य अवस्था बिग्रिएदेखि नै राजकुमार मोहम्मद विन जायद अल नाहयानले शासकीय बागडोर समाल्दै आएका छन् । यूएईको नीतिलाई दैनिक कार्यान्वयन गर्न उनी आफैं सक्रिय छन् ।

भेटमा राजदूत ढकालले राजकुमार नाहयानलाई नेपाल भ्रमणको पुनस् स्मरण गराएका छन् । ‘हामी अहिले कोभिड विरुद्ध लडिरहेका छौं । यसलाई सबै मिलेर परास्त गरौं । म नेपालको भ्रमण अवश्य गर्नेछु’, नाहयान भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?