काठमाडौं, २८ माघ । कञ्चनपुर भीदत्त नगरपालिका उल्टाखामकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या अनुसन्धानको क्रममा बर्खास्त र निलम्बनमा परेका प्रहरी अधिकारीमाथिको कारवाही फुकुवा हुने सम्भावना बढेको छ ।
प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्यासम्बन्धी विभिन्न प्रतिवदेन अध्ययन गरी पुनरावलोकन समितिले दिएको प्रतिवेदनका आधारमा कारवाही फुकुवाको सम्भावना बढेको हो ।
प्रधान कार्यालयले माघ १९ गते गठन गरेको समितिले दिएको प्रतिवेदनमा अनुसन्धानमा संलग्न प्रहरी अधिकृतको कमजोरी नभएको र त्यतिबेलाका एआइजी धिरु बस्न्यातले तयार पारेको प्रतिवेदन त्रुटिपूर्ण भएको औँल्याएपछि बर्खास्त र निलम्बनमा परेका प्रहरी अधिकारीलाई राहत मिलेको छ ।
बस्न्यातको समितिले दिएको प्रतिवेदनको आधारमा कञ्चनपुर जिल्लाका तत्कालीन प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदीश भट्ट बर्खास्तमा परेका थिए ।

केन्द्रीय अनुसन्धान ब्युरोमा कार्यरत डिएसपी अंगुर जिसी, प्रहरी निरीक्षक एकीन्द्र खड्का, ज्ञानबहादुर सेठी, हवल्दार चाँदनी साउद लगायत निलम्बनमा परेका छन् । यो खबर नागरिक दैनिकमा समाचार छ ।




