काठमाडौँ, २१ मंसिर । मंगलबार सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २ सयले घटेर प्रतितोला ९१ हजार ८ सयमा कारोबार भइरहेको छ ।
त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रहेको छ ।
त्यसैगरी मंगलबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेर ११९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।




