काठमाडौँ, २० मंसिर । आज नेप्से परिसूचक ३२.२२ अंकले बढेको छ । आज बढेसंगै नेप्से २५४६.०८ अंकमा पुगेको छ ।
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७.६३ अंकले बढेको छ । सोमबार कारोबार खुला भएसँगै लगातार घटिरहेको नेप्से पहिलो घण्टा नबित्दै २ हजार ५ सय तल झरेको थियो ।
३ हजार २ सय माथि पुगेको ऐतिहासिक रेकर्ड राखेको नेप्से परिसूचक पछिल्लो समय लगातार घटेर २ हजार ५ सय तल झरेको हो ।
कारोबार रकम पनि साढे ४ अर्ब नाघेको छ । दिनभर भएका ६९ हजार ८८८ कारोबारबाट ९४ लाख ७१ हजार ३ सय ११ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँमा रोकिएको छ ।




