बारद्वरा दिपककुमार कार्कीलाई कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह

`

     २०७८ मंसिर १६ गते ९:४५

काठमाडौँ, १६ मंसिर । न्यायाधीश दिपककुमार कार्कीलाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी लिन कानुन व्यवसायीले आग्रह गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा रहेका कानुन व्यवसायीले न्यायाधीश कार्कीलाई कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह गरेका हुन् ।

प्रधानन्यायाधीश जबरा कोरोना संक्रमित भई उपचाररत रहेकाले जबराले काम गर्न र अदालतमा उपस्थित हुन नसक्ने भन्दै कानुन व्यवसायीले संविधानको धारा १२९ (६) अनुसार कार्यवाहक प्रधानन्यायाधीशको जिम्मेवारी लिन आग्रह गरेका हुन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?