प्रधानन्यायाधीशद्वारा न्यायाधीशहरूको पूर्ण बैठक आह्वान, बैठक मङ्गलवार दिउँसो १ बस्ने

`

     २०७८ आश्विन १९ गते ६:१२

काठमाडौँ, १९ असोज । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्णबैठक (फुलकोर्ट) मंगलबार दिउँसो १ बोलाउनु भएको छ ।

दसैं बिदाको अवधिमा मुद्दा सुनवाइ गर्ने न्यायाधीशहरुको नाम तय गर्ने लगायतका एजेण्डामाथि छलफल हुने प्रवक्ता बाबुराम दाहालका दाहालले जानकारी दिनुभयो । सर्वोच्च अदालतले कुनै महत्त्वपूर्ण निर्णय गर्दा फुलकोर्ट बैठक बस्ने चलन छ।

सर्वोच्च अदालतमा घटस्थापनादेखि दसैं बिदा हुन्छ तर, बन्दीप्रत्यक्षीकरण लगायतका अत्यावश्यक मुद्दाको सुनुवाइ भने रोकिंदैन । यसका लागि निश्चित न्यायाधीशलाई जिम्मा दिने अभ्यास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?