सभामुख सापकोटाविरुद्धको मुद्धा संबैधानिक इजलासमा सुनुवाई हुदै

`

     २०७८ आश्विन १३ गते ६:४४

काठमाडौँ, १३ असोज । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ ।

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न भएको आरोप सापकोटामाथि रहेको छ । २०६२ वैशाख १६ गते श्रीकृष्ण मावि, दाप्चामा अभिभावक भेला स्थलबाट अपहरणमा परेका लामालाई साउन तेस्रो साता खाल्डो खन्न लगाएर जिउँदै पुरेको भन्दै उनकी पत्नी पूर्णिमायाले २०६४ सालमा जाहेरी दिएकी थिइन् ।

प्रहरीले जाहेरी नलिएपछि पूर्णिमायाले सर्वोच्चमा उजुरी गरेकी थिइन् । २२ फागुन २०६४ मा सर्वोच्चको आदेशपछि जाहेरी दर्ता भयो । तर बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटाविरुद्धको जाहरी तामेलीमा राख्ने निर्णय गर्‍यो । त्यसपछि पूर्णिमाया फेरि सर्वोच्च गइन् र सर्वोच्चले निर्णय कार्यान्वयन नगर्न आन्तरिम आदेश दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?