सिरहा, २७ माघ । सिराहामा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको छ । सोमबार बिहान नरहा गाउँपालिका– ५ मा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको ज्यान गएको हो ।
ना४ख ९२४१ नम्बरको बसले लु१६प ४४४१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ज्यान जानेहरु सिराहा नगरपालिका – ३ रमौलका २९ वर्षीय अमन मण्डल र सिराहा –३ कै मख्नाका ४५ वर्षीय शैलेन्द्रकुमार मण्डल रहेका छन्।

अमनको उपचारको क्रममा विराटनगरकाे न्युरो अस्पतालमा ज्यान गएको छ । त्यस्तै शैलेन्द्रको भने लहानको रामकुमार सारदा उमाप्रसाद मुरारका स्मारक अस्पतालमा बिहान ज्यान गएको बताइएको छ ।




