काठमाडौं, २७ माघ। चीनमा रहेका नेपालीलाई लिन नेपाल एयरलाइन्सको वाइडबडी (एयरबस ३३०) विमान चीन जाने भएको छ ।
कोरोना भाइरस प्रभावित क्षेत्रबाट उद्धार गरिने नेपालीहरुलाई लिन उक्त विमान आगामी फागुन ३ गते चीन जाने भएको हो ।

चीनको वुहानबाट करिब १८० जना नेपालीहरुलाई बेइजिङस्थित नेपाली दूतावाससँगको समन्वयमा सरकारले उद्धार गर्ने बताइएको छ ।अध्ययनका लागि गएका नेपालीहरुले आफूहरुको छिटो उद्धार गरिदिन सरकारलाई आग्रह गर्दै आएका छन् ।




