नेपाली महिला राष्ट्रिय फुटबल टिम उज्वेकिस्तान जाँदै, फिलिपिन्स र हङकङसंग एएफसी महिला एसियन कपको छनोट खेल्ने
काठमाडौँ, २८ भदौ । नेपाली महिला राष्ट्रिय फुटबल टिम एएफसी महिला एसियन कपको छनोट खेल्न सोमबार उज्वेकिस्तान जाँदैछ। नेपाली टिमलाई अखिल नेपाल फुटबल संघले सोमबार विदाई गरेको छ।
एसियन कप छनोटमा नेपाल समूह (एफु)मा रहेको छ। नेपालको समूहमा फिलिपिन्स र हङकङ छन्।
नेपालले फिलिपिन्ससँग असोज २ गते खेल्दै एसियन कप छनोटको सुरुवात गर्नेछ। नेपालले दोस्रो खेल असोज ५ गते हङकङसँग खेल्नेछ ।
समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ।




