काठमाडौँ, २० भदौ । जारी विश्वकप छनोट खेल अन्तर्गत आज फुटबलको पावर हाउस मानिने अर्जेन्टिना र ब्राजिलबिच महाभिडन्त हुँदैछ । खेल आज राति १२:४५ देखि सुरु हुने छ ।
यसअघि कोपा अमेरिकाको फाइनल खेलमा भिडेका यी दुई टोली लगभग २ महिना पछि फेरी आमनेसामने हुन लागेको हो । सो, खेलमा अर्जेन्टिनाले ब्राजिललाई हाराउदै विजेता बनेको थियो । आजको खेलमा लियोनल मेस्सी र नेइमारको उपस्थितिले झनै रोमाञ्चक हुने ।
हालसम्म अर्जेन्टिना र ब्राजिलबिच ११२ पटक खेलेका छन् । जसमा ब्राजिलले ४६ खेलमा जित निकाल्दा अर्जेन्टिनाले ४१ खेल जितेको छ, भने २५ खेल बराबरीमा रोकिएको छ ।
पछिल्लो २ खेलमा अर्जेन्टिनाले लगातार जित निकालेको छ ।




