एजेन्सी, २६ माघ । थाईल्यान्डमा आफ्ना कमान्डरसहित २१ जनालाई गोली हानी मारेका एक सैनिकलाई पनि मारेका छन् । उनलाई सुरक्षाकर्मीले मारेको बताइएको छ।
शनिवार जक्रफन्थ थोम्मा सैनिकले आफ्नो कमान्डरलाई मारेर सैनिक शिविरबाट हतियार चोरेका थिए। उक्त हतियारको प्रयोग गरी ती सैनिकले त्यहाँको एक किनमेल केन्द्रमा गएर अन्धाधुन्ध गोली चलाएका जनाइएको छ।

घटनापछि सपिङ सेन्टरमा त्रसित बनेका सयभन्दा बढीको उद्धार गरिएको छ । थाईल्यान्डका जनस्वास्थ्य मन्त्रीले आफ्नो फेसबुकमा ती सैनिकलाई मारिदिएकोमा सुरक्षाकर्मीलाई धन्यवाद दिएका छन्।
कयौ मानिसहरूलाई किनमेल केन्द्रबाट सुरक्षित बाहिर निकालिएको थियो तर अझै कतिपयलाई त्यहाँभित्र बन्धक बनाइएको हुनसक्ने बताइएको छ ।




