काठमाडौं, २ भदौ । साफ च्याम्पियनसिप फुटबलको खेल तालिका सार्वजनिक भएको छ ।
माल्दिभ्सले आयोजना गर्ने १३औ साफ च्याम्पियनसिपको खेल तालिका बुधबार दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले सार्वजनिक गरेको हो ।
तालिकाअनुसार नेपालले पहिलो खेलमा माल्दिभ्स खेल्ने छ । नेपाल र माल्दिभ्सबीचको खेल आउँदो असोज १५ मा हुनेछ ।
त्यस्तै नेपालले दोस्रो खेल श्रीलंकासँग असोज १७ गते खेल्नेछ भने तेस्रो खेल नेपालले भारतसँग असोज २२ गते खेल्ने छ । त्यस्तै लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग असोज २४ गते खेल्नेछ ।
फाइनल खेल असोज २७ गते हुने छ ।
असोज १५ गते देखि २७ गतेसम्म आयोजना हुने साफमा नेपालसहित भारत, बंगलादेश, माल्दिभ्स र श्रीलंकासहित पाँच देशले भाग लिदैछन् ।




