दाङ, २६ माघ । दाङमा चट्याङ लागेर तीनजनाको ज्यान गएको छ । जिल्ला प्रहरीका अनुसार तुलसीपुर उपमहानगरपालिका–७, नवलपुर निवासी गीता चौधरीको घरमा चट्याङ पर्दा उनकी ७ वर्षीया छोरी सृष्टि चौधरी र स्थानीय ५४ वर्षीया लक्ष्मी आचार्यको ज्यान गएको हो ।
चट्याङ लागेर घाइते भएका दुवै जनाको उपचारका क्रममा राप्ती लाइफकेयर हस्पिटल तुलसीपुरमा ज्यान गएको बताइएको छ।चट्याङले घरमा पनि क्षति पुर्याएको जनाइएको छ।

यस्तै घोराही उपमहानगरपालिका–११, हापुरका सूर्यबहादुर पुरीका ८ वर्षीय छोरा ताराबहादुर पुरीको चट्याङ लागेर मृत्यु भएको छ ।घरको आँगनमा खेलिरहेको अवस्थामा चट्याङ लागेका उनको अस्पताल लैजाने क्रममा ज्यान गएको प्रहरीले बताए ।




