काठमाडौँ, २० साउन । नागार्जुन नगरपालिका–३ मा रहेको इचङ्गुनारायण मन्दिरबाट राधाकृष्णका चार मूर्ति चोरी भएका छ ।
लिच्छविकालीन मन्दिरमा आज बिहान पूजारी पूजा गर्न जाँदा राधाका दुई र कृष्णका दुई मूर्ति नपाइएपछि चोरी भएको थाहा पाइएको वडाध्यक्ष प्रेमलाल श्रेष्ठले बताउनुभयो । मन्दिरमा रहेका सुनचाँदी नहराएको तर पित्तल एवं ढलोटबाट बनेका राधा र कृष्णका साना चार मूर्ति चोरी भएका छन् ।
मन्दिरमा रहेका सुन एवं चाँदीका माला भने त्यहीँ भेटिएको छ। अहिलेसमेत तीन पटक मन्दिरबाट मूर्ति चोरी भएको स्थानीयवासी बताउँछन् ।




