काठमाडौँ, २० साउन । बुधबार आज नागरिकता पाउने व्यवस्था गर्न माग गर्दै राजधानीमा प्रदर्शन भएको छ ।
नागरिकता नभएकै कारण आफूहरू अधिकारबाट वञ्चित हुनुपरेकाले समस्या समाधानको पहल लिइदिन उनीहरूको अनुरोध छ । ‘नागरिकताबिहीन नेपालीहरू’ को संयोजनमा राजधानीको माइतीघरमा भेला भएकाहरूले नेपालको संविधानको धारा ११ को उपधारा ३ र ५ छिटोभन्दा छिटो कार्यान्वयन गर्न माग गर्दै उनीहरूले विगतका दिनमा नागरिकता नपाएर गुमाएको सेवा सुविधाको क्षतिपूर्ति पाउनुपर्ने समेत माग राखेका थिए ।
उनीहरुले संसदमा विचाराधीन नागरिकता विधेयक अविलम्ब पारित गराउन समेत माग गरेका थिए ।





