advertisement

आक्रमणमा संलग्गन रहेको आशंकामा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुई मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरी चौकीमा आक्रमण गरेको विषयमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

" /> सिन्धुपाल्चोक : अज्ञात समूहले प्रहरी चौकीमा अन्धाधुन्द आक्रमण गर्दा दुई घाइते - Sarbocha Media

सिन्धुपाल्चोक : अज्ञात समूहले प्रहरी चौकीमा अन्धाधुन्द आक्रमण गर्दा दुई घाइते

`

     २०७६ माघ २५ गते २:४६

सिन्धुपाल्चोक,२५ माघ । सिन्धुपाल्चोकको तिपेनीस्थित प्रहरी चौकीमा अज्ञात समूहले अन्धाधुन्द आक्रमण गरेको छ।

शनिबार अज्ञात समूहको आक्रमणबाट प्रहरी चौकीका दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा इञ्चार्ज असई सन्तोषकुमार झा र प्रहरी हबल्दार हरिबहादुर मगर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार १० वटा भन्दा बढी मोटरसाइकलमा आएको समूहले एक्कासि प्रहरी चौकीमा ढुंगामुढा गरेका छन् । आक्रमण भएपछि प्रहरीले आत्मरक्षाका लागि ४ राउण्ड हवाइ फायर गरेको बताइएको छ ।

advertisement

आक्रमणमा संलग्गन रहेको आशंकामा एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुई मोटरसाइकल समेत नियन्त्रणमा लिएको जनाइएको छ । प्रहरी चौकीमा आक्रमण गरेको विषयमाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?