advertisement

पोल्ट्री व्यवसायीलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने र कसैलाई मर्का नपार्ने तरिकारले मूल्य समायोजन गरौँ भनेर सरकारसँग माग गरेको धेरै भइसकेको तर कतैबाट पनि सुनुवाइ नभएको भन्दै किसानले गुनासो गर्दै आएका छन् । यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक–ढेड सातादेखि अनुगमन कुखुरा, दाता र चल्लामा केन्द्रित गरेको जनाएको छ ।

" /> कुखुराको मासुमा कार्टेलिङ : सरकारको अनुगमन फितलो - Sarbocha Media

कुखुराको मासुमा कार्टेलिङ : सरकारको अनुगमन फितलो

`

     २०७६ माघ २५ गते १:४२

काठमाडौँ, माघ २५  । पछिल्लो पटक दाना र चल्लाको भाउमा अत्यधिक रूपमा कालोबजारी भएको छ । चल्ला र दानाको मूल्य निर्धारणमा उद्योगीको एकलौटी अधिकार भएकाले यसको कालोबजारी भएको हो ।

कुखुरापालक किसानले दाना, चल्ला र कुखुराको मूल्य निर्धारण गर्ने अधिकार पोल्ट्री व्यवसायीको हातमा भएकाले यसको फाइदा उठाउँदै उनीहरूले बजारमा कार्टेलिङ गरेको आरोप लगाउँदै आएका छन । राष्ट्रिय कुखुरा पालक किसान सङ्घर्ष समितिका संयोजक विष्णु खड्काले पछिल्लो दुई महिनामा चल्ला र दानामा मूल्यमा सहनै नसक्ने गरी कार्टेलिङ भएको आरोप लगाउनुभयो । उहाँका अनुसार अहिले प्रतिक्विन्टल दानाको मूल्य तीन हजार ६०० रुपियाँ रहेको छ ।

पछिल्लो एक वर्षमा दानाको मूल्यमा ८५० रुपियाँ बढेको छ । सो अवधिमा प्रतिचल्ला ३० रुपियाँ पाइने गरेकोमा अहिले बढेर प्रतिचल्ला ७० रुपियाँ पुगेको छ । यसको बजार केही व्यापारीहरूमा नियन्त्रित र बजार अनुगमन प्रभावकारी हुन नसकेकाले यो समस्या आएको भन्दै अध्यक्ष खड्काले भन्नुभयो, “बजार अनुगमन गरेर कारबाही गर्नुप¥यो नि खै अनुगमन । ” सरकारको काम उद्योगीले नाफा खाएको र किसानले घाटा खाएको साँछी बस्नेबाहेक अन्य कुनै काम नभएको उहाँको आरोप छ ।

advertisement

पोल्ट्री व्यवसायीलाई व्यवस्थित तरिकाले सञ्चालन गर्ने र कसैलाई मर्का नपार्ने तरिकारले मूल्य समायोजन गरौँ भनेर सरकारसँग माग गरेको धेरै भइसकेको तर कतैबाट पनि सुनुवाइ नभएको भन्दै किसानले गुनासो गर्दै आएका छन् । यता वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक–ढेड सातादेखि अनुगमन कुखुरा, दाता र चल्लामा केन्द्रित गरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?