काठमाडौं, २८ असार । १४ औं संस्करणको दक्षिण एसियाली खेलकुद (साग) सन् २०२३ मार्चमा पाकिस्तानमा आयोजना गर्ने भएको छ ।
साउथ एसियन ओलम्पिक काउन्सिलको सोमबार बसेको भर्चुअल बैठकले १४ औं साग २०२३ मार्चमा पाकिस्तानले गर्ने निर्णय भएको नेपाल ओलम्पिक कमिटीले जनाएको छ ।
१४ औं सागको आयोजकको रुपमा यसअघि नै पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो । सागको आयोजक स्वतः साउथ एसियन ओलम्पिक काउन्सिलको अध्यक्ष रहने व्यस्थाअुसार पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्षको अध्यक्षतामा बैठक बसेको हो ।
बैठकमा नेपाल ओलम्पिक कमिटीका महासिचव निलेन्द्र राज श्रेष्ठसहित भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान ओलम्पकि कमिटीका अध्यक्ष तथा महासचिवको उपस्थिती रहेको थियो । प्रतियोगितमा महिल र पुरुष गरी २७ खेलहरु समावेश हुने ओलम्पिक कमिटीले जनाएको छ ।
साग आयोजना हुने खेलस्थल निरीक्षण गर्न साउथ एसियन ओलम्पिक कमिटीका ओलम्पिक कमिटीहरुलाई सन् २०२१ को अन्त्यमा निमन्त्रणा गर्ने निर्णय भएको छ ।
यसअघि १३ औं साग २०१९ डिसेम्बरमा नेपालमा आयोजना भएको थियो ।




