advertisement

बूढीगङ्गा नगरपालिका–८ का वडा सदस्य सुरेन्द्रबहादुर थापाका अनुसार असुरक्षित छाउगोठ भत्केपछि महिला महिनावारीका बेला पनि घरमै बस्न थालेका छन् । गैरसरकारी र सरकारी प्रयासबाट २०६८ सालमै छाउगोठमुक्त भइसकेको यस वडाका केही घरमा रहेका छाउगोठ भत्काइएको छ । छाउगोठ भत्काइएसँगै सबै परिवारले महिनावारीका बेला महिलालाई बस्न घरमा सुरक्षित कोठा छुट्याएको पाइएको थापाको भनाइ छ । यो खबर आजको गाेरखापत्रमा छ ।

" /> महिनावारीकाे बेला घर बस्न पाएपछि महिला खुसी - Sarbocha Media

महिनावारीकाे बेला घर बस्न पाएपछि महिला खुसी

`

     २०७६ माघ २३ गते १:०५

बाजुरा, माघ २३ । निसास्सिने, अँध्यारो र खुट्टासमेत पसार्न नमिल्ने सानो छाउगोठमा बस्दै आएका महिला अब महिनावारीका बेला पनि आफ्नै घरमा आरामसाथ बस्न थालेका छन् । सरकारले असुरक्षित छाउगोठ भत्काएपछि महिला महिनावारीका बेला बस्न घरमै ठाउँ तयार पार्न थालेका हुन् । घरमै बस्न पाउने भएपछि महिलामा खुसी छाएको छ ।

एक महिना अघिसम्म बूढीगङ्गा नगरपालिका–८, रिठाबजारकी पवित्रा कुँवर महिनावारीका बेला घरमा बस्न पाउनु हुन्थेन । आँगन छेवैमा रहेको साँघुरो छाउगोठमा असजिलो गरी बस्नुपथ्र्यो । केही दिनअघि स्थानीय जनप्रतिनिधि र प्रहरी आएर सम्झाई बुझाई उहाँ बस्ने छाउगोठ भत्काए । त्यसपछि उहाँ महिनावारीका बेला पहिलोपटक छाउगोठबाट घरमा सर्नुभयो ।

advertisement

बूढीगङ्गा नगरपालिका–८ का वडा सदस्य सुरेन्द्रबहादुर थापाका अनुसार असुरक्षित छाउगोठ भत्केपछि महिला महिनावारीका बेला पनि घरमै बस्न थालेका छन् । गैरसरकारी र सरकारी प्रयासबाट २०६८ सालमै छाउगोठमुक्त भइसकेको यस वडाका केही घरमा रहेका छाउगोठ भत्काइएको छ । छाउगोठ भत्काइएसँगै सबै परिवारले महिनावारीका बेला महिलालाई बस्न घरमा सुरक्षित कोठा छुट्याएको पाइएको थापाको भनाइ छ । यो खबर आजको गाेरखापत्रमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?